काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनका लागि गोविन्द खनालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
हाल कार्यकारी सदस्य रहेका खनालले दीपकराज भुसाल नेतृत्वको प्यानलबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। गतिशील र व्यवस्थित इक्यान बनाउन आर्थिक अनुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राख्दै निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने उनलेप्रतिबद्धता व्यक्त गरेका छन्।
सह–कोषाध्यक्षको भूमिकालाई संस्थाको आर्थिक विश्वसनीयता र सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारीका रूपमा लिँदै खनालले इक्यानको कोष व्यवस्थापनलाई थप व्यवस्थित, उत्तरदायी र भरोसायोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्।
यस्ता छन् खनालका प्रमुख एजेन्डा
-संस्थाको आय–व्यय स्पष्ट, व्यवस्थित र समयमै प्रस्तुत गर्ने।
-आन्तरिक तथा बाह्य लेखा परीक्षणलाई प्राथमिकता दिने।
-वार्षिक बजेट निर्माणमा सहकार्य गरी प्रभावकारी कार्यान्वयन गर्ने।
-ECAN को नीति, नियम र विधानअनुसार आर्थिक गतिविधि सञ्चालन गर्ने।
-आय–व्यय अभिलेख डिजिटल प्रणालीमार्फत सुरक्षित राख्ने।
-केन्द्र र शाखाहरूको आर्थिक गतिविधिमा सहकार्य र समन्वय बढाउने।
-तालिम, सेमिनार र कार्यक्रममार्फत संस्थाको आय बढाउने योजना बनाउने।
-सदस्यहरूको हितलाई केन्द्रमा राखी बजेटको सही उपयोग सुनिश्चित गर्ने।





























प्रतिक्रिया