काठमाडौँ । काठमाडौँको बनस्थलीमा अवस्थित समृद्धि सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा समृद्धिलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो।
नेपालको उच्च माध्यमिक शिक्षा क्षेत्रमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको समृद्धि सेकेन्डरी स्कुलले प्लस टु तहमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
बनस्थलीमा आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधारमा सञ्चालित यस स्कुलले विद्यार्थीहरूको सिर्जनशीलता र व्यवहारिक सिकाईलाई प्राथमिकता दिँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ यस स्कुलले विशेष दख्खल राख्दछ। विद्यार्थीहरूलाई सानै उमेरदेखि उद्यमशीलता र व्यावसायिक ज्ञान प्रदान गर्नु यसको मुख्य लक्ष्य हो। ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्वहरूको नेतृत्वमा हुने शिक्षणले विद्यार्थीहरूलाई भविष्यका सफल म्यानेजर र प्रोफेसनल बनाउन मद्दत पुर्याइरहेको छ।
केन्द्रबिन्दु अनलाइन मिडियाले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन र सम्मान स्वरूप यो अवार्ड प्रदान गर्दै आएको छ।































प्रतिक्रिया