काठमाडौं । कमलपोखरीमा अवस्थित किस्ट सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा किस्टलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो।
नेपालको उच्च माध्यमिक शिक्षा क्षेत्रमा गुणस्तरीय, प्रयोगात्मक र नतिजामुखी शिक्षा प्रदान गर्दै आएको किस्ट सेकेन्डरी स्कुलले प्लस टु तहमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो। कक्षा ११ र १२ को विज्ञान तथा व्यवस्थापन संकायमा देशकै उत्कृष्ट स्कुलमध्ये पर्ने किस्टले आफ्नो तीन दशक लामो यात्रामा हजारौं विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको भविष्य उज्ज्वल बनाउन सफल भएको छ।
समर्पित र दक्ष प्राध्यापकहरूको समूह नै किस्टको सफलताको मुख्य कडी हो। स्कुलले व्यावहारिक, विद्यार्थी केन्द्रित र हेरचाहपूर्ण शिक्षण पद्धति अपनाउँदै आएको छ। जसका कारण राष्ट्रिय स्तरका प्रमुख परीक्षाहरूमा किस्टका विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्।
केन्द्रबिन्दुले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया