काठमाडौं । शैक्षिक परामर्शदाता संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै स्टडी एब्राेड बुटक्याम्प २.०–सिजन ५ आयोजना गर्ने भएको छ ।
२२ जेठमा सञ्चालन हुने उक्त बुटक्याम्पमा सहभागी विद्यार्थीहरूका लागि विभिन्न आकर्षक अफर तथा छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
बुटक्याम्पमा सहभागी हुने विद्यार्थीहरूले आईटीटीएल्स र पिटीइ तयारी कक्षामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने केही विद्यार्थीहरूले १०० प्रतिशतसम्म कक्षा शुल्क छुट पाउने अवसर समेत रहनेछ । कार्यक्रममा सहभागी हुनेहरूका लागि रिचार्ज कार्डसँगै विभिन्न गिफ्ट ह्याम्परहरुको व्यवस्था गरिएको छ ।
इन्लाइटनका अनुसार कार्यक्रममा बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड लगायत विभिन्न देशका लागि अध्ययन सम्बन्धी परामर्श प्रदान गरिनेछ । विद्यार्थीहरूले विश्वविद्यालय छनोट, भिसा प्रक्रिया, स्कलरशिप तथा इन्टेक सम्बन्धी जानकारी एकै स्थानमा प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा अनुभवी काउन्सिलर तथा विदेशमा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने अवसर समेत रहने आयोजकले जनाएको छ । सीमित सिट रहेको भन्दै संस्थाले इच्छुक विद्यार्थीहरूलाई समयमै नाम दर्ता गर्न आग्रह समेत गरेको छ ।





























प्रतिक्रिया