काठमाडौं । वैदेशिक अध्ययनका लागि जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक परामर्शदाता संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले स्टडी इन जापान बुटक्याम्प ३.०–सिजन ५ आयोजना गर्ने भएको छ ।
आयोजकका अनुसार अक्टोबर इन्टेकका लागि आवेदन अझै खुला रहेको छ ।
आगामी जुन ९, २०२६ मा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बागबजारस्थित इन्लाइटनकै केन्द्रीय कार्यालयमा सञ्चालन हुने उक्त बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले जापानका विभिन्न स्कूल, कलेज तथा विश्वविद्यालयहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा जापानबाट अध्ययन पूरा गरेका व्यक्तिहरूद्वारा विशेष सेसन सञ्चालन गरिनेछ। साथै जेएलपीटी, न्याट, जेएलसिटी, जे सर्ट तथा जेएलपीटीसम्बन्धी टेस्ट संरचना, लेभल र तयारी रणनीतिबारे विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।
बुटक्याम्पमा सहभागीहरूका लागि स्करलसिप अवसर, अनस्पट डिस्काउन्ट, २० प्रतिशत विशेष छुट, रिचार्ज कार्ड, फ्रि स्न्याक्स तथा गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ ।
विद्यार्थीहरूलाई जापान अध्ययन सम्बन्धी आवश्यक जानकारी र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । यसअघि इन्लाइटनले जेष्ठ ७ गते प्लस २ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै टेस्ट प्रिपेरेशन बुटक्याम्प सिजन १.०– सिजन ५ सम्पन्न गरेको थियो । इन्लाइटनले विभिन्न समयमा पटक–पटक विद्यार्थीको हित हुने गरी यस्ता कार्यक्रम गर्दै आएको छ ।































