काठमाडौं । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक नतिजामा आफ्नो बेग्लै पहिचान बनाउन सफल शैक्षिक संस्था काठमाडौं मोडल कलेज (केएमसी), बालकुमारीले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा केएमसी बालकुमारीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो। विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउँदै आएको यस कलेजले आफ्नो उत्कृष्ट शैक्षिक वातावरण र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पुर्याएको छ ।
पढेका कुरालाई कसरी जीवनमा उपयोग गर्ने ? कसरी समाज र राष्ट्रको हितमा लगाउने ? यही अनुरुप कलेजले विद्यार्थीलाई मार्गदर्शन दिँदै आएको छ । केएमसीमा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । यहाँ कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय छन् । विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउन केएमसी बालकुमारीले विश्वका प्रख्यात विश्वविद्यालयहरुसँग सहकार्य गर्ने गरेको छ ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।































