प्रा.डा. भोला थापा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित

प्रा.डा. भोला थापा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का पूर्वउपकुलपति प्रा. डा. भोला थापा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को विशेष समारोहका बीच गुणस्तरीय शिक्षाको प्रवद्र्धन र शैक्षिक संस्थागत सुदृढीकरणमा पु¥याउनुभएको ऐतिहासिक योगदानको उच्च कदर गर्दै प्रा. डा. थापालाई सो प्रतिष्ठित सम्मान अर्पण गरिएको हो ।

काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हाल्दै डा. थापाले गुणस्तरीय उच्च शिक्षा, अनुसन्धान संस्कृति, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण निर्माणमा अतुलनीय भूमिका निर्वाह गरेका थिए । उनको कुशल नेतृत्वमा विश्वविद्यालयले प्राज्ञिक उचाइ हासिल गर्नुका साथै नेपालमा अनुसन्धानमुखी र बजारमुखी शिक्षाको विकासमा नयाँ आयाम थपिएको थियो ।

मेकानिकल इन्जिनियरिङ क्षेत्रका प्रखर विज्ञ डा. थापाले सन् २००४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट विद्यावारिधि (पीएचडी) गरेका थिए । त्यसअघि उनले भारतको पिलानीस्थित प्रसिद्ध बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट स्नातकोत्तर (मास्टर्स) र पञ्जाव इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक (बीई) गरेका थिए । सन् १९९४ देखि काठमाडौं विश्वविद्यालयमा प्राध्यापन सेवा सुरु गरेका डा. थापाले उपकुलपति पदमै पुगेर नेतृत्व गरेका थिए ।

केन्द्रबिन्दुले नेपाली शिक्षा क्षेत्रको गुणात्मक विकास र संस्थागत सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

Logo