जंगबहादुर अर्याल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित

जंगबहादुर अर्याल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८३’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को विशेष समारोहका बीच माध्यमिक तहको शिक्षा सुधार र परीक्षा प्रणालीको आधुनिकीकरणमा पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै अर्याललाई सो प्रतिष्ठित सम्मान अर्पण गरिएको हो ।

अर्याल शैक्षिक क्षेत्रका कुशल नेतृत्वकर्ता हुन् । उनले माध्यमिक तहको शैक्षिक मूल्याङ्कन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा समयसापेक्ष बनाउन महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवका रूपमा उनले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री परीक्षा प्रणालीको विकास र शिक्षा सुधारप्रतिको अटुट प्रतिबद्धतालाई निरन्तर अघि बढाएका छन् । उनको कुशल व्यवस्थापनले नेपालको परीक्षा प्रणालीमा प्राविधिक र व्यावहारिक सुधार ल्याउन ठूलो मद्दत पुगेको छ ।

केन्द्रबिन्दुले नेपाली शिक्षा क्षेत्रको गुणात्मक विकास र संस्थागत सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

Logo