विक्रम राई संस्थागततर्फ ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र, २०८३’बाट सम्मानित

विक्रम राई संस्थागततर्फ ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र, २०८३’बाट सम्मानित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रसादी एकेडेमीका प्रमुख विक्रम राई संस्थागततर्फको प्रतिष्ठित ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र, २०८३’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को विशेष समारोहका बीच विगत २९ वर्षदेखि निरन्तर रूपमा शिक्षा क्षेत्रमा समर्पित रही प्रसादी एकेडेमीलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सबल नेतृत्व प्रदान गरिरहेका प्रमुख राईलाई सो सम्मान अर्पण गरिएको हो ।

माध्यमिक तहको शिक्षामा ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ को परिपक्व नीति अपनाउँदै प्रसादी एकेडेमीलाई सधैँ सर्वोत्कृष्ट शैक्षिक नतिजा हासिल गराउन राईले पु¥याएको योगदान अतुलनीय रहेको छ । उनको कुशल नेतृत्वमा प्रसादी एकेडेमीले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरी हजारौँ विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । राईको यही दूरदर्शिता, दृढ संकल्प र शिक्षाप्रतिको अनवरत लगावले नेपाली शैक्षिक जगत्मा एक छुट्टै र अनुकरणीय मानक स्थापित गरेको छ ।

स्थापनाकालदेखि नै निरन्तर उत्कृष्ट नतिजा पस्कँदै आएको प्रसादी एकेडेमीलाई देशकै अग्रणी शिक्षण संस्थाका रूपमा उभ्याउन सफल राईलाई संस्थागततर्फ उक्त सम्मान प्रदान गरिएको हो ।

केन्द्रबिन्दुले नेपाली शिक्षा क्षेत्रको गुणात्मक विकास र संस्थागत सुधारमा पु¥याएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ । यसअघि ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र २०८०’को रुपमा प्रा.डा. सुरेशराज शर्मा, ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र २०८१’ चाँदनी जोशी, ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र २०८२’ उमेश श्रेष्ठलाई प्रदान गरिएको थियो ।

Logo