काठमाडाैं । आजको प्रतिश्पर्धी युगमा केवल किताबी ज्ञानले मात्र पुग्दैन, विद्यार्थीलाई व्यावहारिक सीप र रोजगारीको ग्यारेन्टी चाहिन्छ। यही आवश्यकतालाई बुझेर सन् २०१३ मा भक्तपुरको लोकन्थलीमा स्थापना भएको समृद्धि कलेज नेपाली उच्च शिक्षा क्षेत्रमा एउटा भरोसायोग्य नाम बनेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले विद्यार्थीको रुचि र करियरलाई ध्यानमा राखेर स्नातक कार्यक्रमहरु बीएससीसीएसआईटी, बीसीए, बीबीएस (आईटी-इनेबल्ड), बीएसडब्ल्यू, ब्याचलर अफ साइकाेलाेजी सञ्चालन गरिरहेकाे छ ।
यति मात्र नभएर, परम्परागत पाठ्यक्रममा पाइने कमीकमजोरी र खाडलहरूलाई पूर्ति गर्न समृद्धि कलेजले इन्डष्ट्री एक्सपर्ट्स र बिषय बिज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा एक विस्तारित र परिमार्जित पाठ्यक्रम लागु गरेको छ। जस अन्तर्गत विद्यार्थीहरूको व्यक्तित्व तथा वृत्तिविकासका लागि माइलस्टोन साबित हुने ‘नन-क्रेडिट कोर्षहरू’ समेत समावेश गरिएको छ।
विद्यार्थीहरूलाई पढ्दापढ्दै यहाँ विभिन्न इन्टर्नसिप, पार्ट-टाइम जब र सीपमा-आधारित परियोजनाहरूमा संलग्न गराई उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न र वास्तविक कार्यक्षेत्रको प्रत्यक्ष अनुभव लिन सघाइन्छ।
समृद्धिको अर्काे विशेषता भनेको यसको परिष्कृत पाठ्यक्रम हो। यस कलेजले विद्यार्थीको सिकाइ पद्धति केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी कम्युनिकेसन स्किल्स, पब्लिक स्पिकिङ, इन्टरप्रेनरसिप, ग्रोथ ओरिएन्टेसन जस्ता पूरक कक्षाहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
विषय विज्ञ शिक्षकहरूको स्तरीय अध्यापन र उत्कृष्ट नतिजाका कारण यहाँका विद्यार्थीहरूले पढाइ नसकिँदै प्रतिष्ठित कम्पनीहरूमा आकर्षक ‘जब प्लेसमेन्ट’ काे अवसर प्राप्त गर्ने गरेका छन्।
यस संगसंगै बिद्यार्थीहरुको विभिन्न क्लब हरुमा भएको निरन्तर संग्लनता र यहाँ हुने थुप्रै इभेन्ट्स र एक्टिभिटिज जस्तै, ह्याकथन, गेमथन, कार्यशाला, लघु परियोजनाहरू, सामाजिक कार्यक्रमहरू, बुथ क्याम्पहरुले उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग गर्दै आएको छ ।
विद्यार्थीहरूको व्यक्तित्व तथा वृत्तिविकासका लागि माइलस्टोन साबित हुने ‘नन-क्रेडिट कोर्षहरू’ समेत समावेश गरिएको छ।
अब कुरा गराैं कलेजको महत्वपूर्ण ‘अर्निङ-ह्वाइल-लर्निङ’ अवधारणाकाे । यस नवीन पहल अन्तर्गत विद्यार्थीहरूलाई पढ्दापढ्दै विभिन्न इन्टर्नसिप, पार्ट-टाइम जब र सीपमा-आधारित परियोजनाहरूमा संलग्न गराई उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न र वास्तविक कार्यक्षेत्रको प्रत्यक्ष अनुभव लिन सघाइन्छ। साथै, अनुसन्धान र आविष्कारको संस्कृतिलाई बढावा दिन कलेजले आफ्नै रिसर्च म्यानेजमेन्ट सेल, विजनेस इन्कुबेसन सेन्टर, करियर गाइडेन्स तथा प्लेसमेन्ट सेलको स्थापना नै गरेको छ, जसलाई उद्योग क्षेत्रका ट्रस्टेड पार्टनर्सले सहयोग गरिरहेका छन्।
भौतिक पूर्वाधार र शैक्षिक वातावरणका हिसाबले पनि समृद्ध रहेकाे समृद्धि कलेजले सूचना तथा सञ्चार प्रविधियुक्त शिक्षणलाई आत्मसात् गर्दै देशकै उत्कृष्ट डिजिटल सिकाइ स्रोतहरू अत्याधुनिक प्रविधिसहितका एड्भान्स्ड ल्याबहरू, स्मार्ट कक्षाकोठाहरू, डिजिटल पुस्तकालय उपलब्ध गराएको छ ।
यदि तपाईं पनि शैक्षिक डिग्रीका साथमा व्यावहारिक सीप, भरपर्दो इन्टर्नसिप, पढ्दै कमाउने वास्तविक अवसर खोज्दै हुनुहुन्छ भने लोकन्थलीको समृद्धि कलेज तपाईंको सपनालाई उडान दिने सबैभन्दा उत्तम गन्तव्य बन्न सक्छ।































