सरकारले शताब्दी पुरुष जोशीको नामबाट विद्यालय खोल्ने

सरकारले शताब्दी पुरुष जोशीको नामबाट विद्यालय खोल्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवासमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताएका हुन्। 

विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि बताए। कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भएपनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने बताए। शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने पनि बताए। 

शताब्दी पुरुष जोशीले राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्रीलाई पठाएकोमा आभार व्यक्त गरे। सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको पनि बताए। 

शताब्दी पुरुष जोशीले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै कुनै समस्या परेको बेला जानकारी दिने बताए। 

Logo