भदौ ५ सम्म परीक्षा नरोक्ने त्रिविको निर्णय

भदौ ५ सम्म परीक्षा नरोक्ने त्रिविको निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नगर्ने बताएपछि ट्वीटरमा त्रिविको पनि परीक्षा रोक्नका लागि सुरु गरिएको ‘ह्यासट्याग’ ट्रेन्डिङमै गएको थियो। 

तर त्रिभुवन विश्वविद्यालयले भने भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने बताएको छ। 

तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय त्रिभुवन विश्वविद्यालयको आइतबार बसेको बैठकले गरेको हो।

कोरोना संक्रमण बढ्दै गएको भन्दै परीक्षा रोक्न दबाब बढेको भएपनि त्रिविका परीक्षाहरु नरोकिने भएका हुन् । यता कक्षा १२ को परीक्षा भने रोकिएको छ।

Logo