नेपालको शैक्षिक क्षेत्रमा युरो स्कूल त्यस्तो नाम हो, जसले विद्यालयस्तरमा पनि आधुनिक प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रिय शिक्षा अध्यापन गराउँदै आएको छ। सन् २००७ मा काठमाडौंको नक्सालमा युरो किड्सका रुपमा स्थापना भएको यो स्कूल सन् २००८ अप्रिलबाट युरो स्कूल बनेको हो । विद्यार्थीको चौतर्फी विकासलाई ध्यान दिँदै नवीनतम शैलीबाट यो स्कूलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पढाइ हुने गरेको छ । प्राथमिक तहबाटै विद्यार्थीलाई अध्ययनशिल बनाउँदै युरो स्कूलले सुन्दर भविष्यका लागि आधार तयार गरिदिने गरेको छ।

बहुआयामिक ढंगले विद्यार्थीलाई पठनपाठन गराउने युरो स्कूलमा अध्यापन शैली पृथक छ। २१ औं शताब्दीमा आधुनिक पद्धतिको अवधारणालाई अवलम्बन गर्दै विद्यार्थीको सिकाईलाई आफ्नो प्राथमिकतामा युरो स्कूलले राखेको छ। युरो स्कूलले सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई सन्तुलन गर्दै शैक्षिक यात्रा तय गरेको छ ।

अन्तर्राष्ट्रियस्तरमा नै मान्यता प्राप्त आई.पी.सी (इन्टरनेशनल प्राइमरी करिकुलम) शिक्षण पद्धति अनुसार यूरो स्कूलले विद्यार्थीको ज्ञान तथा क्षमता अभिवृद्धि गर्दै आएको छ। कक्षा १ देखि ६ सम्म आई.पी.सी पद्धति अनुसार राष्ट्रिय पाठ्यक्रमलाई समेत एकीकृत गरेर सिर्जनात्मक तवरबाट अध्यापन गराउन यूरो स्कूल प्रतिवद्ध छ। यूरो स्कूलले विद्यार्थीलाई सिकाईका क्रममा स्कोलिष्टिक तथा को–स्कोलिष्टिक विधि अपनाउने गरेको छ। यो विधिमा पाठ्यक्रममै केन्द्रित भएर एवम् अतिरिक्ति क्रियाकलापलाई रचनात्मक ढंगले विद्यार्थीलाई अध्ययन अध्यापन गराइन्छ।

अध्ययनका क्रममा विद्यार्थीले गलत बुझे मनोपरामर्श दिँदै यूरो स्कूलले अध्ययन र सिकाइका क्रममा विद्यार्थीलाई हौसला दिने गरेको छ। परीक्षा केन्द्रितभन्दा सिर्जनात्मक सिकाईमा बढी विश्वास गर्ने यूरो स्कूलले प्रयोगात्मक कक्षा, श्रव्यदृश्य लगायत विविध विधि अपनाउँदै आएको छ।
युरो स्कूलमा लेसन प्लानअनुसार अध्यापन हुन्छ। शिक्षकले हरेक साता आफ्नो लेसन प्लान बनाउँछन्। जसले विद्यार्थीको सिकाइलाई सजिलो मात्र बनाएको हैन शिक्षकलाई समेत कक्षादेखि साताभर अध्यापनको योजना बनाउन सहयोग पुर्याउँदै आएको छ।

प्रयोगशालाका रुपमा रहेको यूरो स्कूलका बालबालिकाले नविनतम ढंगले ऐसेस्मेन्ट पूरा गर्ने गरेका छन्। जसबाट उनीहरुको सिकाई क्षमतामा विकास हुँदै गएको मात्र हैन विद्यार्थी स्वयंलाई जवाफदेही बन्न मद्दत पुग्दै आएको छ। विद्यार्थीको सिकाई र सिकाई पद्धतिबारे जानकार बनाउन युरो स्कूलले अभिभावकलाई समेत नीति निर्माण र विभिन्न क्रियाकलापमा प्रत्यक्ष संलग्न गराउँदै आएको छ।

यूरो स्कूलका विद्यार्थीको शिक्षण पद्धति नै फरक छ। जसमा नयाँ विचार, नयाँ प्रणाली, नयाँ दृष्टिकोणसहित बालबालिकाको नजिक रहेका शिक्षक–शिक्षिकको भूमिका पनि उल्लेख्य छ। विद्यार्थी र अध्यापक बीच भावनात्मक सम्बन्ध भएकाले समेत स्कूलसँगको लगाब विद्यार्थीमा बढी पाइन्छ। विद्यार्थीको व्यक्तित्व विकासका लागि युरो स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक्सपोजरको समेत व्यवस्था गर्दै आएको छ। प्रतिभाशाली विद्यार्थीले डुक अफ इडनवर्ग इन्टरनेशनल अवार्डसमेत पाउँदै आएका छन्।

खेलकुद, नृत्य, संगीत, नाटक, हाजिरी जवाफ लगायत गतिविधिमा सहभागी गराउँदै युरो स्कूलले अतिरिक्त क्रियाकलापलाई पनि सँगैसँगै अगाडि बढाउने गरेको छ। विद्यार्थीका लागि सुविधासम्पन्न कक्षा कोठा, इन्टरनेट सेवा उपलब्ध छ।
स्कूलले अभिभावकलाई समेत प्राथमिकता दिँदै विद्यार्थीका नीति, नियम बनाउन वा स्कूलसँग जोडिएका विविध गतिविधिमा सहभागि गराउँदै आएको छ। विद्यार्थीलाई एक अभिभावक बनेर परामर्शकर्ताका रुपमा शिक्षा दिन प्रतिवद्ध युरो स्कूल हरेक विद्यार्थीका लागि दोस्रो घर बन्न सफल छ ।

यूरो स्कूलका विशेषताः
-अन्तर्राष्ट्रिय मान्यता प्राप्त आई.पी.सी पद्धति अनुसार अध्यापन हुने ।
-आधुनिक शैक्षिक प्रणाली तथा नविनतम शिक्षण विधि सहित अनुभवि र तालिम प्राप्त शिक्षक/शिक्षिकाबाट अध्यापन गराइने ।
-विद्यार्थीका लागि घोक्नेभन्दा पनि बुझेर आफ्नो पाठयक्रमलाई ज्ञान आर्जन गर्न सक्ने वातावरण सिर्जना गर्ने ।
-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ड भिजिट, आन्ट्रप्रेनियल क्याम्प, डुक अफ इडनबर्ग इन्टरनेशनल अवार्ड प्राप्त गर्ने अवसर ।
-द साईन्टिष्टि इन मि स्टीम प्रोग्राम नाम दिइ कारखाना नेपालसँग समन्वय गरि विद्यार्थीका लागि नविनतम सिकाई ।
-यूरो स्कूलले डिजिटल एजुकेशन दिन केन्द्रित रहेको घडी.आई नेपालसँग समेत सहकार्य ।
-विद्यार्थीलाई गृहकार्यको भारी नदिएर आवश्यक अभ्यास मात्र दिइने, अध्ययन गर्ने क्षमताका विकास गर्न लाइब्रेरीमा जान विभिन्न उत्प्रेरणामूलक अवधारणा ।
-खेलकुदका हरेक इभेन्टमा विद्यार्थीलाई सहभागी हुन प्रेरित गर्ने ।
-विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीतसंगीत, नाटक, साहित्यिक मेला, सामाजिक सेवा लगायत विविध अतिरिक्त क्रियाकलाप ।
-विद्यार्थीको सुरक्षासहितको यातायातको सुविधा ।





























प्रतिक्रिया