काठमाडौंको बालाजुमा रहेको समृद्धि स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा बुधबार आयोजित कार्यक्रममा विद्यालयका सिइओ÷प्रधानाध्यापक नरेश प्रसाद श्रेष्ठले अभिमुखीकरणमा विद्यालयका नीति नियमबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।
सोहि अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै स्कुलका पूर्व विद्यार्थीहरु तथा नेपालको २० वर्ष मूनिको राष्ट्रिय फुटबल टिमका क्याप्टेन आयुष घलान र खेलाडी मनग्य नकर्मीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ३५० भन्दा बढी नयाँ विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीहरु गरी करिब १ हजार १ सय जनाको उपस्थिति थियो । परिचयात्मक कार्यक्रमका साथ–साथै साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो ।





























प्रतिक्रिया