‘तिम्रो नजर’को सुटिङ नर्वेमा गर्न दुतावासमा नक्कली कागजात

‘तिम्रो नजर’को सुटिङ नर्वेमा गर्न दुतावासमा नक्कली कागजात

केन्द्रबिन्दु
3
Shares

 ‘तिम्रो नजर’ नामक नेपाली चलचित्रको छायांकनका लागि नर्वेजियन दूतावासमा बुझाएको भिसा आवेदनमा नक्कली कागजपत्र समावेश भएको पाइएको छ ।

चलचित्रको नर्वेमा छायांकन गर्नका लागि निर्माण टिमले भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरेको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलासा भएको हो ।

चलचित्र छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो । 

तर, बोर्डले कुनै पनि नेपाली चलचित्रको सुटिङको लागि अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग छ ।

तर, प्रमुख रेग्मीले बोर्डले नर्वेमा कुनै पनि चलचित्रको सुटिङको लागि अनुमति नमागेको र आफ्नो हस्ताक्षर नक्कली प्रयोग भएको बताएका छन् । 

नेपाल पर्यटन बोर्डको ३०९-२०७८/७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो । तर, बोर्डले लेटरप्याड र हस्ताक्षर दुवै नक्कली प्रयोग भएको बताएपछि दूतावासले भिसा रिजेक्ट गरेको छ।

सुटिङका लागि हरिश सिग्देल (आर्यन), केकी अधिकारीलगायत १४ जनाको नाममा भिसा आवेदन दिइएको थियो । कागजपत्रमा चलचित्रको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ ।

आफ्नो कार्यालयको लेटरप्याड र प्रमुख कार्यकारी अधिकारीको हस्ताक्षर नक्कली प्रयोग भएको भेटेपछि बोर्डले केस नेपाल प्रहरीलाई दिएसँगै प्रहरीले अनुसन्धान थालेको छ ।

केकी अधिकारीको स्पष्टिकरण

नायिका केकी अधिकारीले भने यस बिषयमा आफुलाई कुनै पनि जानकारी नभएको र  ‘तिम्रो नजर’ नामक चलचित्र निमार्ण कम्पनीसँग आफुले कुनै सम्झौता नगरेको भन्दै उनले स्पष्टिकरण दिएकी छन् । यस्ताे छ उनकाे स्पष्टिकरण : 

Logo