प्रियंकाभन्दा अगाडि यी युवतीहरुसँग थियो निकको सम्बन्ध, १४ वर्षको उमेरमा पहिलो प्रेम

प्रियंकाभन्दा अगाडि यी युवतीहरुसँग थियो निकको सम्बन्ध, १४ वर्षको उमेरमा पहिलो प्रेम

केन्द्रबिन्दु
0
Shares

हलिउड गायक तथा बलिउड अभिनेत्री प्रियंका चोपडाका श्रीमान् निक जोनासले आज आफ्नो ३० औं जन्मदिन मनाइरहेका छन् । उनी आफ्नो व्यक्तिगत जीवनका कारण बेलाबेला चर्चामा आइरहन्छन् ।

उनकाे जन्म सन् १९९२ मा केभिन जोनास सिनियरको घरमा संयुक्त राज्य अमेरिकाको टेक्सासको डलासमा भएकाे थियाे । निकको वास्तविक नाम निकोलस जेरी जोनस हो। निक जोनासले १३ वर्षको उमेरदेखि नै आफ्नो करियर सुरु गरेका थिए ।

सन् २०१६ मा निकको पहिलो एल्बम इट्स अबाउट टाइम रिलिज भएको थियो। त्यसपछि उनको ब्यान्डले डिज्नी च्यानलमा धेरै सफलता हात पारेको थियो । प्रियंका चोपडा भन्दा पहिले निक जोनसको अन्य चार महिलासँग पनि अफेयर थियो । निक जोनस १४ वर्षको उमेरमा पहिलो पटक प्रेममा परेका थिए । निक जोनसको पहिलो प्रेम डिज्नी स्टार र अमेरिकी गायिका–अभिनेत्री माइली साइरस थिइन् । एक अन्तर्वार्ताका क्रममा उनले माइलीलाई पहिलो किस गर्ने युवती भएको स्वीकार गरेका थिए । उनी जुन २००६ देखि डिसेम्बर २००७ सम्म यस सम्बन्धमा थिए।

यसपछि सन् २००८ मा निक जोनसको जीवनमा फेरि नयाँ सम्बन्धको प्रवेश भयो । यसपटक उनी सेलेना गोमेजसँग प्रेममा परे। सेलेना निकको म्युजिक भिडियोको एक हिस्सा थिइन् । २०११ मा  निक जोनस अष्ट्रेलियाली गायक डेल्टा गुडरेमसँग प्रेममा परे। १० महिना मात्रै टिकेको यो सम्बन्ध सन् २०१२ को फेब्रुअरीमा टुङ्गियो । डेल्टा निक भन्दा करिब ८ वर्ष जेठी थिइन् ।

सन् २०१३ मा फेसन जगतकी लोकप्रिय मोडल ओलिभिया कल्पोसँग निकको निकटता बढ्यो । तर, यो सम्बन्ध दुई वर्षसम्म मात्र चल्यो र सन् २०१५ मा दुवै अलग भए । यसपछि निकको जीवनमा प्रियंका चोपडा आइन् । निकले प्रियंकालाई ग्रीसमा प्रपोज गरेका थिए । धेरै वर्ष सम्बन्धमा रहेपछि निकले सन् २०१८ मा प्रियंकासँग विवाह गरेका थिए । प्रियंका निकभन्दा करिब १० वर्ष जेठी छिन्, तर यो उमेरको अन्तर दुवैबीच पर्खाल बन्न सकेन । दुवैले आफ्नो वैवाहिक जीवन निकै राम्रो तरिकाले बिताइरहेका छन् ।

Logo