भारतीय फिल्मी इतिहासकै उत्कृष्ट फिल्म ‘पाथेर पांचाली’

भारतीय फिल्मी इतिहासकै उत्कृष्ट फिल्म ‘पाथेर पांचाली’


विश्वका महान् फिल्म निर्माताहरूमध्ये एक सत्यजित रेको प्रतिष्ठित फिचर फिल्म ‘पाथेर पांचाली’ लाई ‘इन्टरनेशनल फेडेरेसन अफ फिल्म क्रिटिक्स’ (फिप्रेस्सी) ले सर्वकालिन उत्कृष्ट भारतीय फिल्म घोषित गरेको छ ।

सन् १९५५ मा आएको भारतीय सिनेमाको यो ऐतिहासिक फिल्म प्रतियोगितामा सबैभन्दा अगाडि रह्दै उत्कृष्ट १० को सूची मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको हो । ‘पाथेर पाँचाली’ लाई एफआईपीआरईएससीआईद्वारा गरिएको मतदानपछि सो पुरस्कारले सम्मान गरिएको हो । मतदानमा ३० सदस्यीय समितिको सहभागिता रहेको थियो । ‘पाथेर पांचाली’ विभूतिभूषण बन्दोपाध्यायको सोही नामको लिखित उपन्यासमा आधारित फिल्म तथा निर्माता सत्यजित रेको निर्देशनमा डेब्यू फिल्म थियो । फिल्मको स्टार कास्टको कुरा गर्दा ‘पाथेर पाँचाली’ मा सुवीर बनर्जी, कानु बनर्जी, करुणा बनर्जी, उमा दासगुप्ता, पिनाकी सेनगुप्ता र चुनिबाला देवीको अभिनय रहेको छ ।

पाथेर पांचाली बाहेक फिप्रेस्कीको सूचीमा परेका चलचित्रहरूमा ऋत्विक घटकको १९६० को नाटक ‘मेघे ढाका तारा’ (बंगाली), मृणाल सेनको १९६९ को नाटक ‘भुवन शोम’ (हिन्दी), अदूर गोपालकृष्णनको १९८१ को नाटक ‘एलिपथयम’ (मलयालम) र गिरीश कासारवल्लीको सन् १९७७ फिल्म ‘घटाश्रद्धा’ (कन्नड) एमएस सथ्युको १९७३ मा आएको फिल्म ‘गरम हवा’ (हिन्दी), सत्यजीत रेको १९६४ मा आएको फिल्म ‘चारुलता’ (बंगाली), श्याम बेनेगलको १९७४ मा आएको फिल्म ‘अंकुर’ (हिन्दी), गुरु दत्तको १९५४ मा आएको फिल्म ‘प्यासा’ (हिन्दी) र सन् १९७५ मा आएको रमेश सिप्पीद्वारा निर्देशित ब्लकबस्टर फिल्म रमेश सिप्पी द्वारा निर्देशित ‘शोले’ (हिन्दी) पनि सो लिष्टमा सामेल थिए । 

Logo