चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र कबड्डी- ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीवार सिनेमा घर एपका सञ्चालक र कबड्डी- ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकेको उनले बताए ।  

उनले भने- ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी विकास भइरहेको छ । त्यो क्रम दिनदिनै बढीरहेको छ । हालै हामीले जय भोले र रातो टिका निधारमा रिलिज गरेका थियौँ । त्यसले राम्रो नै पर्फमेन्स ग-यो । युट्युबबाट भन्दा धेरै पैसा जम्मा ग¥यो । लामो समयसम्म एप्लिकेशनमा फिल्म राख्दा पहिला भएको फिल्महरुको एडसेनहरु आउँछ । अहिले हामी कबड्डी रिलिज गर्दैछौँ । थोरै भएपनि पैसा तिरेर हेर्दा त्यसले नेपाली सिनेमाको श्रीवृद्धिमा नै राम्रो भुमिका खेल्छ । त्यसैले पनि नेपाली फिल्महरुको प्रोत्साहन गर्नुपर्छ । पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्नुपर्छ । रेभीन्यूको हिसावले युट्युबभन्दा माथि आइसकेको छ, हाम्रो एप्लिकेशन, नेपाली सिनेमाको लागि डिजिटिल मार्केट, अबको ४ वर्षपछि नेपाली सिनेमा बन्ने पैसाको लगभग ५० प्रतिशत संकलन गर्न सक्छौँ ।’
 
अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रवार) बाट चल्नेछ । 

Logo