महानायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् । उनले खेलकुद खेलमा मात्रै सिमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए । खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता भएको उनले बताए ।
महानायक हमालले भने- ‘स्पोर्टिङ इभेन्ट्स उत्साहजनक रुपमा कुनै एउटा शहरमा, राष्ट्रमा हुन्छ, त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि बेग्लै किसिमको प्रभाव पारेको हुन्छ । राष्ट्रिय स्तरमा दर्शकले दिएको माया, उत्साहहरुले विभिन्न किसिमका चुनौतीका बाबजुद पनि चाहे राजनीतिक चुनौती होस्, चाहे सामाजिक, आर्थिक चुनौती होस्, कहीँ न कहीँ राष्ट्रमा सन्तुलन छ । एउटा अर्गनाइज हिसावले चलेको छ भन्ने छवि बसाल्छ । त्यसैले खेलकुदको त्यो महत्व छ । ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय इभेन्टका लागि तँछाडमछाड गर्नुको अर्थ त्यही नै हो । त्यसको पछाडि आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रिय नक्शामा प्रभुत्वका साथ राख्ने उनीहरुको उद्देश्य हुन्छ ।’
महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए ।





























प्रतिक्रिया