चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक

चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वजनिक भएको हो । 

सार्वजनिक १ मिनेट ३ सेकेण्डको टिजरमा नेपालका वीर गोरखाली सैनिकहरुको कथावस्तुलाई समेटिएको छ । वीर गोर्खालीको कथामा निर्माण ‘गोर्खा वारियर’ को निर्देशन मिलन चाम्सको गरेका छन् । मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ निर्देशनमा निर्माण हुने अन्तर्रास्ट्रिय स्तरको फिल्मको टिजरमा केही हलिउड कलाकारका साथै नेपाली कलाकारहरुको अभिनय छ ।  

त्यस्तै चलचित्रमा केही प्राविधिकहरु बलिउड र हलिउडका रहेको निर्देशक चाम्सले बताए । उनले गोरखा वारियर चलचित्र मात्र नभइ एउटा इतिहास भएको बताए । नयाँ कलाकारहरुले राम्रोसँग फिल्ममा काम गरेको बताउँदै नयाँ कलाकारहरुबाट नाम कमाइसकेका कलाकारहरुले पनि अनुशासन र लगनशील हुन सिक्नुपर्ने उनले बताए । 

उनले भने- ‘गोरखा वारियर चलचित्र मात्रै होइन, इतिहास हो । नेपालीहरुले आफैँले बनाएको विश्वमै प्रख्यात कथा हो । नयाँ कलाकार धेरैसँग काम गर्ने मौका पाएँ । नयाँ कलाकारबाट धेरै सिक्नेकुरा पाएँ । नयाँ कलाकारलाई हामीले साथ दिनुपर्छ । एकता, अनुशासन, लगनशीलता स्टाबलिस कलाकारले पनि सिक्नुपर्छ । यो सिनेमामा केही टेक्निशनहरु सहभागी हुनुहुन्छ, हलिउडका पनि हुनुहुन्छ । हाम्रो कलाकार र टेक्निसियनहरुले पनि काम गर्न सक्दो रहेछन् । हाम्रो प्राविधिक र कलाकारलाई प्रयोग गरौँ । सोच परिवर्तन गरेर मार्केटिङमा गएको खण्डमा विश्व बजारमा हामी जानसक्छौँ ।’ 
 
लण्डन सिने आइ प्रोडक्शनको व्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, सुरज तमू, भुवनसिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सरु मगर, आशिष गुरुङ,सुमिन गुरुङ, सुशील तामाङ,क्रिस गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।  

Logo