चलचित्र ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र ह्यारी की प्यारीको ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । 

सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको काकम सोचेको जस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताए । उनले राम्रो तरिकाले फिल्म बनाउँदा ठग्छन् भन्ने गरेका भएपनि आफूले अहिलेसम्म पनि ठग नभेटेको बताए । नेपाली चलचित्रमा ठग छैनन् भन्न भने नमिल्ने उनले बताए । 

त्यस्तै, अभिनेता जितु नेपालले आफूलाई कमेडीको रुपमा दर्शकले बुझेपनि चलचित्रमा आफ्नो पात्र फरक भएको बताए । उनले चलचित्रमा आफ्नो जीवनमा फिल्म ह्यारी की प्यारी कोशेढुंगा भएको बताए । आफूले फिल्ममा भावनात्मक पात्रको भुमिका निभाएको उनले बताए । 

कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्न साइन गर्दा अभिनेताको रुपमा जितु नेपाल भन्दा छक्क परेको बताइन् । 

माघ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । 

डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्नुभएको हो । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

Logo