भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

केन्द्रबिन्दु
0
Shares

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि जित्न सफल भएका हुन्।

विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए। सुब्बाले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन। फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी,प्रविशा अधिकारी र  मिलन नेवार  कोचका रूपमा रहेका थिए।

Logo