दाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल

दाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल

केन्द्रबिन्दु
0
Shares

चलचित्र विकास बाेर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ।

आगामी असार १, २ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागिएको महोत्सवको तयारीबारे बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेर स्थानीय सरोकारवालसँग छलफल गरेका हुन्।

बालबालिकामाझ चलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको बोर्ड प्रवक्ता तथा महोत्सव संयोजक बुढाथोकीको भनाई छ ।
 
“महोत्सवका बालबालिका सम्बन्धी चेतना मुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनी गरिनेछ।बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरु आह्वान गरिएको छ ।’
 
छलफलमा सहभागिहरुले महोत्सवले बालबालिकालाई सन्देश मुलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ-आफ्नो तवरले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

सो छलफलमा दाङ जिल्लाका वौद्धिक व्यक्तिहरु, कलाकार, साहित्यकार, सुरक्षाकर्मी, शिक्षाकर्मी, व्यवसायी तथा पत्रकारहरुको सहभागिता थियो।

महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्नेछ। निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ। 

महोत्सवमा वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन्। छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुनेछ।

महोत्सवमा चलचित्रहरुको प्रदर्शनीसँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ। 

महोत्सवको दौरान ’बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ।

Logo