पवन विष्टको ‘किन किन’मा गरिमा र सन्तोषको अभिनय [भिडियो]

पवन विष्टको ‘किन किन’मा गरिमा र सन्तोषको अभिनय [भिडियो]

केन्द्रबिन्दु
0
Shares

गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ । संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।

गीतमा  प्रविशा अधिकारीको समेत  स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको  परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । ब्राडफोर्ड ग्लोबलको प्रस्तुति र  प्रेम पुरी निर्माता रहेको गीतलाई ‘नोभिस आर्ट’को  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नोभिस आर्टले यसअघि ‘घाम छायाँ’, ‘तिमी बिना’ बोलको म्युजिक भिडियोहरु निर्माण गरिसकेको छ । 

 

Logo