‘भुक्के चप्पल’मा सुरवीर, शारदा र नविनाको अभिनय

‘भुक्के चप्पल’मा सुरवीर, शारदा र नविनाको अभिनय

केन्द्रबिन्दु
0
Shares

झापाली गायक सुजन शिवाकोटीको स्वर रहेको  भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक  शिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरवीर पण्डित, शारदा गिरी र नविना शिलवाल (खुईली)को अभिनय छ । 

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो। जसले प्रेम, कमेडी, लगायतका विषयवस्तुलाई समेटेको छ। भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन्। जसको कलरिङ पनि रावल स्वयमको रहेको छ। भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन्। 

सामाजिक क्षेत्रमा काम गर्न रुचाउने गायक शिवाकोटी युवा व्यवसायी पनि हुन्।  गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म,परिबन्ध, कान्छा २, लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन्।

 

Logo