‘माया गर्छु म’मा कृष्ण र मिस पवीको रोमान्स

‘माया गर्छु म’मा कृष्ण र मिस पवीको रोमान्स

केन्द्रबिन्दु
0
Shares

गायक देवेन्द्र बरालको स्वर रहेको 'माया गर्छु म'को भिडियो रिलिज भएको छ।  

डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ। प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

सार्वजनिक गीतमा दाबा तामाङको कोरियोग्राफी रहेको छ भने शंकल भुजेलको छायाकंन तथा मनोज कार्कीको सम्पादन रहेको छ। भिडियो निर्देशक खातीकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

Logo