भारतीय अभिनेत्री काजोलले किन लिइन् सामाजिक सञ्जालबाट विश्राम ?

भारतीय अभिनेत्री काजोलले किन लिइन् सामाजिक सञ्जालबाट विश्राम ?

केन्द्रबिन्दु
0
Shares

आखिर काजोलको जिन्दगीमा त्यस्तो के अप्ठ्यारो समय आयो, जसकाे कारण उनले सबै सामाजिक सञ्जालबाट विश्राम लिनुप-यो ?

भारतीय अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट विश्राम लिएकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एक नयाँ पोस्ट गर्दै उनले आफ्ना फ्यानहरूका लागि एउटा भावुक सन्देश छोडेकी छन् । उनले भनिन्, “म आफ्नो जिन्दगीको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेकी छु ।”

अभिनेत्री काजोलको यो पोस्टले उनका फ्यानहरूलाई निकै चिन्तित तुल्याएको छ । काजोलको यस किसिमको पोस्ट शुक्रबार बिहान करिब ११ बजेतिर आएको थियो, जसमा उनले सामाजिक सञ्जालबाट एउटा विश्राम लिन चाहेको कुरासमेत उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने काजोलको इन्स्टाग्राममा मात्रै एक करोड ४४ लाख फलोअर रहेका छन्, जसमा उनले १४ जनालाई मात्र फलो गरेकी छन् । उनले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिन चाहेको कुरा इन्स्टाग्राम, फेसबुक, ट्वीटर गरी आफ्ना सबै सामाजिक सञ्जालका ह्याण्डलबाट शेयर गरेकी छन् ।

अभिनेत्री काजोलको फेसबुकमा दुई करोड फलोअर रहेका छन् भने ट्वीटरमा ३६ लाखले उनलाई फलो गरेका छन् । 

Logo