अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरन्जन दिन सफल छन्।
अधिकांश दर्शकले यी बाबुछोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन्। केही फिल्म निर्माताले उनीहरुलाई फिल्ममा अफर पनि गरे। अहिले नै बाबुछोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे।
तर अब भने उनीहरु एकसाथ पर्दामा देखिँदैछन्। उनीहरुले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन्। उनीहरुले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायांकन पुरा गरेका छन्। यो कुराको पुष्टि स्वयं सैफले गरेका छन्।
‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्यौँ। मलाई लाग्छ कि हामीसँगै हुँदा धेरै राम्रो देखिन्छ। यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन्।
साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो। फिल्मलाई दर्शकले निकै मनपराएपछि बक्सअफिसमा सफल भएको थियो। सैफ भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन्।





























प्रतिक्रिया