डन-३ मा शाहरुखको ठाउँ रणवीरले कसरी लिए ?

डन-३ मा शाहरुखको ठाउँ रणवीरले कसरी लिए ?


फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे ।

उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ । तर पक्कै पनि सामाजिक सञ्जालमा शाहरुखका फ्यानहरु धेरै छन् र उनीहरु फिल्ममा उनको सट्टा रणवीरको प्रवेशबाट आक्रोशित छन् । यस्तो अवस्थामा फरहानले कसरी शाहरुखको ठाउँमा रणवीर सिंहलाई दिए भन्ने कुरा बाहिर आएको छ ।

पोर्टल कोइमोईका अनुसार फरहान अख्तरको एकदमै नजिकको स्रोतले दावी गरेको छ कि फरहानले शाहरुखको सट्टा अरू कुनै अभिनेताको बारेमा सोच्न सक्छन् भन्ने कसैलाई लाग्छ ? स्रोतका अनुसार शाहरुखले डन ३ को बारेमा फरहान अख्तरसँग लामो कुराकानी गरेका थिए । फरहान शाहरुखलाई डन ३ मा मात्रै चाहन्थे तर शाहरुखले डन सिरिजका फिल्ममा डनका रुपमा आफूले दिन सक्ने सबै दिनु पर्ने बताएका थिए । त्यसैले उनले डन ३ मा शाहरुखसँग काम नगर्ने निर्णय गरे । कुरा यहींमा मात्रै टुंगिएन । 

जब फरहानले शाहरुखलाई आफ्नो स्थानमा अन्य कलाकारलाई डनका रुपमा दर्शकले स्वीकार नगर्ने बताए तर  शाहरुखले जेम्स बोन्डको चरित्र सिन कोनेरीदेखि रोजर मूर र ड्यानियल क्रेगसम्मका धेरै कलाकारले खेलेको तर्क गरे । यसपछि अब नयाँ कलाकारले बोन्डको भूमिका निभाउने कार्य गर्ने छन् ।

त्यसोभए जब यो हलिउडमा हुन सक्छ भने डनमा किन परिवर्तन हुन सक्दैन ? शाहरुखले भने । स्रोतका अनुसार शाहरुख खानले फरहानलाई भनेका थिए कि उनीसँग एकमात्र तरिका या त फ्रान्चाइजी बन्द गर्नुपर्छ वा अर्को अभिनेतालाई कास्टको रुपमा नयाँ प्रयोगमा जानुपर्छ । यसपछि डनको दौडमा नाम आएका स्टारहरूमा रणवीर सिंह पनि परे । जब शाहरुखको अगाडि रणवीरको नाम आयो, उनले यसमा हो भन्न धेरै समय लगाएनन् ।

Logo