जेन दीपिका ग्यारेटलाई मिस युनिभर्स नेपाल २०२३ को उपाधि

जेन दीपिका ग्यारेटलाई मिस युनिभर्स नेपाल २०२३ को उपाधि

केन्द्रबिन्दु
0
Shares

जेन दीपिका ग्यारेटले मिस युनिभर्स नेपाल २०२३ को उपाधि जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित चौथो सिजनको फिनालेमा मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पारेकी हुन्।

मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी दीपिकालाई सन् २०२२ की विजेता सोफिया भुजेलले ताज लगाइ दिइन्। प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन्। अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौँमा बसोबास गर्दै आएकी छिन्।

२२ वर्षिया उनी मानसिक स्वास्थ्य, शरिर सकारात्मकता र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्। गरिमा घिमिरे फस्ट रनरअप घोषित हुँदा बुद्धिसरा सुनार सेकेण्ड रनरअप भइन्। दुई विवाहित सुन्दरीहरु फाइनलमा पुगेका थिए। जसमा शिताष्मा पोखरेल तेस्रो र अभिलाशा लम्साल चौंथो रनरअप घोषित भए।

Logo