‘नेशन्स गट ट्यालेण्ट नामक रियालिटी शो’ हुने

‘नेशन्स गट ट्यालेण्ट नामक रियालिटी शो’ हुने

केन्द्रबिन्दु
6
Shares

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि ‘नेशन्स गट ट्यालेण्ट नामक रियालिटी शो’ हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। 

एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने बताए। 

बालबालिकाका लागि गायन र नृत्य विधामा आफ्नो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा ख्याती प्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्याती प्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्। 

रियालिटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक, शुम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका छन्। लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालिटी शोमा सुर्य गुरुङ मुख्य सहायक निर्देशकमा रहेका छन्। 

पत्रकार सम्मेलनमा नेशन्स गट् ट्यालेण्ट रियालिटी शोको लागि छिट्टै अडिसन गरिने जनाउँदै निर्देशक कार्कीले भने,‘छ महिनाअघिबाट  हामीले गर्दै आएको तयारीले आज मुर्त रुप लिएको छ। चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाडाैँमा अडिसन सुरु गर्नेछौँ। काठमाडौँलगायतका देशका प्रमुख सहरमा अडिसन राखिने छ भने कुनै पनि ठाउँका बालबालिकाले यसमा सहभागीता जनाउन सक्नेछन्।’ 

रियालिटी शोका अर्का निर्देशक राजपूतले बालबालिकामा अन्तर्निहित प्रतिभालाई उजागर गर्ने लक्ष्यका साथ नेशन्स गट ट्यालेण्ट लिएर आमदर्शक माझ प्रस्तुत गर्न लागिएको बताए। 
 
रियालिटी शोकी निर्णायक अभिनेत्री मिथिला शर्माले बालबालिकामा राम्रो प्रतिभा छ र त्यस्तै प्रतिभा अरुमा पनि छ अनि राम्रो भित्र पनि अझ राम्रो प्रतिभा कसमा छ भन्ने भावना जगाउन यो रियालिटी शो उपलब्धिमूलक हुने चर्चा गर्दै प्रीतभाशाली बालबालिकासँग काम गर्न आतुर रहेको बताइन्।

अर्की निर्णायक अभिनेत्री गौरी मल्लले यसखाले रियालीटी शोले बाबबालिकाको व्यक्तित्व र प्रतिभा वृद्धिका लागि सघाउने चर्चा गरिन्। अर्की निर्णायक गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुवै विधालाई एकसाथ मिलाएर आयोजना हुन लागेको रियालिटी शोलाई लिएर उत्साहित रहेको बताइन्। 

सल्लाहकार संयोजक पत्रकार विदुर गिरीले बालबालिकाको प्रतिभामुलक रियालिटी शोको अभाव खड्की रहेको समयमा त्यसलाई नेशन्स गट ट्यालेन्टले पूर्ति गर्ने बताए। 

एपीवान टेलिभिजनका प्रधानसम्पादक निरजराज जोशीले एपीवानले विभिन्न रियालिटी शो प्रसारण गर्दै जाने क्रममा नेशन्स गट ट्यालेन्टको परिकल्पना आकर्षक लागेकोले प्रसारण गर्न लागेको जानकारी गराए। शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाईन पे इन्टरनेशन भोटिङ् पार्टनरका रहेका छन्।

Logo