अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् ।
तक्मे प्रोडक्सनले बनाउन लागेको उनको यो डेब्यु निर्देशकीय फिल्ममा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा रहनेछन् । साथमा विल्सन पनि देखिनेछन् । अभिनेत्री र अन्य कलाकारबारे टुंगो लाग्न बाँकी छ ।
कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन तथा निर्देशन विल्सन स्वयंले गर्नेछन् । यो फिल्मको छायांकन २०८१ सालको साउन वा भदौमा गर्ने तयारी रहेको बताइएको छ ।





























प्रतिक्रिया