‘छिन छिन मा’ बोलको गीत सार्वजनिक

‘छिन छिन मा’ बोलको गीत सार्वजनिक

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। नेपाली साङ्गीतिक बजारमा एकपछी अर्को गित आउने क्रम जारी छ माया र प्रेमले सजिएको ‘छिन छिन मा’ बोलको गीत गायक कमल खत्रीको आवाजमा रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

दरबार मार्गको राइजिङ् मलमा बिमोचन गरिएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रचनाकार रमेश अधिकारिले सबै टिमलाई शुभकामना दिएर सुरु गरिएको उक्त कार्यक्रममा अन्य अतिथिहरु रबिन थापा,भिडियो निर्देशक कोरियोग्राफर राजिब समर, बिभोर पोख्ररेल, गायक सबु थापा आशिस भण्डारीको उपस्थित रहेको थियो।

गितको रचना तथा संगीत कमल खत्रीको रहेको गितको भिडियोमा सुनिल न्यौपाने,बिना राउत,अलिशा शर्मा ,करिश्मा शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ।

रोशन बिशकर्माको निर्देशन रहेको भिडियोमा छायांकन दिपेन बस्नेत ड्रेस डिजाइन सोनी सिन्जाली मगर,पुजा गुरुङ्ग, भिडियो सम्पादन तथा कलर दिलसन शाहको अनि टार्जन लिम्बुको प्रोड्क्सन डिजाइनर जट्टा शन्खरको आर्ट रहेको छ। निर्माता मिना बर्तौलाको लगानी रहेको भिडियोलाई समिप इन्टरटेन्मेन्टको युटुब च्यानलमा गएर हेर्न सकिन्छ।

Logo