प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक [भिडियाे]

प्रधानमन्त्री ओली अभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक [भिडियाे]

केन्द्रबिन्दु
36
Shares

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ। उनीहरूको पीडा र संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ।

अभिनेता रमित ढुंगानाले निर्माण एवं निर्देशन गरेकाे फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिकामा अभिनय गरेका छन्। साथै मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहाकाे पनि अभिनय रहेकाे छ ।

फिल्म भदौ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Logo