काठमाडौँ । नेपालमा प्रथम मेची–महाकाली उल्टो साइकलयात्री जेवी पोखरेल (जीवनाथ) को सांगीतिक कोसेली सार्वजनिक भएको छ ।
पोखरेलको स्वर समेत रहेको ‘ह्याप्पी हर्मोन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो । स्वरमा पोखरेललाई रीता केसीले साथ दिएकी छिन् ।
डान्सिङ्ग तथा मेलोडियस गीतमा एकै क्षेत्रमा काम गर्ने महिला पात्रलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन् । पृथक् रूपमा निर्माण गरिएको गीत गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का लागि लगिने प्रथम मेचीण्महाकाली उल्टो साइकलयात्री पोखरेलले बताए । गायक स्वास्थ्य क्षेत्रमा कार्यरत छन् भने भिडियोको महिला कलाकार सुधा गौतम शिक्षिका हुन्। भिडियोमा उल्टो साइकलमा यात्रा गर्दै विभिन्न क्रियाकलाप गरिएको दृश्यहरू समावेश छ।
पोखरेलको निर्देशनमा बनेको भिडियोको छायांकन पदम विश्वकर्मा, सुमन एसकेआर र कमल श्रेष्ठले गरेका हुन् भने सम्पादन संदेश शाहले गरेका हुन् । भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । उनले २०६३ सालमा लागुऔषध तथा दुर्व्यसनमा किशोर किशोरीलाई नलाग्न जनचेतना जगाउने उद्देश्यले पूर्वको मेची पुलदेखि पश्चिमको दोधाराचाँदनीसम्म उल्टो साइकल यात्रा गरेका थिए ।





























प्रतिक्रिया