काठमाडौं । नेपाली चलचित्रको बजार कस्तो र कत्रो छ भन्ने यकिन जवाफ पाउन गाह्रै छ । सरसर्ती हेर्दा नेपाली चलचित्रले निकै उतारचढाव सहँदै आएको छ । तर, पछिल्लो ६ महिनाको नेपाली चलचित्रको बजार हेर्दा निकै लोभलाग्दो छ ।
नेपाली चलचित्रको ईतिहासमा ब्याक टु ब्याक यसरी चलचित्र हेर्न हाउस फुल हुनु र निर्माण पक्षदेखी सम्पूण कलाकर्मिहरुले प्रशंसा कमाउनु यो नै पहिलोपटक हो भन्दा फरक नपर्ला । इनभेस्टमेन्ट, सिनेमा क्वालिटी, कथाबस्तु, साथै कलाकारहरुको मन छुने अभिनयले दर्शकको मन यसरी जितेको छ कि यो पटक काम कार्यालयबाट बिदा लिएर पनि चलचित्र हेर्न जाने दर्शकहरुको हलहरुमा भिड लाग्दै आएको छ । गजबको कुरा त यो छकी हलहरुमा टिकट अग्रिम बुकिगं रोकिएको छैन । टिकट पाउन निकै गाह्रो छ, अनलाइन टिकट काट्ने त छँदैछन् हलमै गएर टिकट काट्नेको भीड, दशैंमा घर जान बसपार्कमा गाडीको टिकट लिनेको भन्दा कम छैन ।
यसको जल्दोबल्दो उदाहरण हो, फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ । तिहारको लक्ष्मि पुजाको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले आफ्ने ऐतिहासीक कमाई सार्वजनिक गरेको छ । बक्स अफिसमा यस चलचित्रले १८ दिनसम्ममा ३६ करोड कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । जसअनुसार आइतबारसम्म फिल्मको कुल कलेक्सन ३५ करोड ९६ लाख रुपैयाँ छ । आइतबार मात्रै फिल्मले १ करोड ६० लाख ग्रस कमाएको हो । यो नेपाली चलचित्रको ईतिहासमा पहिलो हो ।
फिल्मले प्रदर्शनको तेस्रो सातामा पनि जादुमयी व्यापारलाई निरन्तरता दिइरहेको छ । अझैपनि फिल्मले ३०० भन्दा धेरै शो पाईरहेको छ । अकुपेन्सीको यो ट्रेन्ड कायम रहे फिल्मले ४० करोडको आँकडा पार गर्ने प्रक्षेपण गरीएको छ । यद्यपि, यसका लागि केही दिनसम्मको अकुपेन्सी ट्रेन्डलाई भने पर्खनै पर्छ ।
विजय बराल अभिनित यो फिल्म अहिले पनि ८० देखि शतप्रतिशत अकुपेन्सीमा प्रदर्शन भइरहेको छ । सेभेन सिस इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको यो फिल्म अहिलेसम्म बक्स अफिसमा सबैभन्दा नाफा गर्ने फिल्म हो ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हाल गरिरहेको कलेक्सन हेर्दा करिब ५० करोड रुपैयाँ नेपालभित्रै उठाउने दखीन्छ । नयाँ टेक्नोलोजी भित्रँदै जानु, सिनेमा हलको संख्या थपिनु र विभिन्न जनराका चलचित्रहरु निर्माण हुँदै जानुले पनि आगामी दिनहरुमा नेपाली चलचित्र बजारले आफ्नो व्यापारीक बजारलाइै थप बढावा दिने देखिन्छ । चलचित्रमा बराल सहित अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको छ भने फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ ।
यता ‘पूर्णबहादुरको सारङ्गी’को दबदबाबीच प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । फिल्मको हाइपअनुसार ‘ह्रस्व दीर्घ’ले शो पाएको छैन। तर वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको प्रदर्शनको तेस्रो दिनसम्मको कमाइ हेर्दा सुखद् नै देखिन्छ ।
फिल्मले आइतबारसम्म २ करोड ७५ लाख ग्रस कमाइ गरेको उक्त कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको फिल्मले आइतबार भने ७५ लाख रुपैयाँ कमाएको थियो । वितरक मनोज राठीका अनुसार फिल्मले सुखद् अकुपेन्सी प्राप्त गरिरहेको छ । सोमबार पनि सार्वजनिक बिदामा फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । तर आज मंगलबार उस्तै छ ।
चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय छ । यो फिल्मको प्रवर्द्धन र दर्शकहरुको साथको लागि भारतीय अभिनेता प्रदीप रावत यतिबेला नेपालमै छन् ।





























प्रतिक्रिया