हामी कलाकार त बहाना मात्रै हौं, यहाँ त एकले अर्काको अस्तित्व नै बहिष्कार गरेका छन् -दीपकराज गिरी

हामी कलाकार त बहाना मात्रै हौं, यहाँ त एकले अर्काको अस्तित्व नै बहिष्कार गरेका छन् -दीपकराज गिरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली चलचित्रका चर्चित अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली समाजमा बढ्दो बहिष्कारको संस्कृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा एक लामो टिप्पणी लेख्दै अभिनेता गिरीले दशैँमा आफ्नो फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शनका क्रममा भएको बहिष्कारको स्मरण गर्दै यो प्रवृत्ति अहिले समाजका विभिन्न तहसम्म विस्तार भएको गुनासाे पाेखेका हुन् ।

उनले भनेका छन्, ‘दशैँमा हाम्रो फिल्म चल्दा सामाजिक संजालमा यस्को फिलिम नहेरौ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु ! बहिष्कारको बहाना फरक-फरक भएपनि त्यो नारा विस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म आइपुग्यो !’

उनले कलाकारहरूलाई बहाना बनाएर विभिन्न व्यक्ति तथा समूहलाई लक्षित गरी बहिष्कार गर्ने प्रवृत्ति बढेको उल्लेख गरे। उनले भने, “हामी कलाकार त बहाना मात्रै हौं ! बास्तवमा अहिले राजाबादीले गणतंत्रबादी बहिष्कार ! गणतंत्रबादीले राजाबादी बहिष्कार, यो बिचार राख्ने ले त्यो बिचार राख्नेलाइ बहिष्कार! यो समूहले त्यो समूह बहिष्कार एकले अर्काको अस्तित्व नै बहिष्कार !”

अभिनेता गिरीले एकले अर्काको अस्तित्वलाई नै अस्वीकार गर्ने गरी बहिष्कारको परम्परा बढ्दै जानु चिन्ताजनक भएको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा कसैको तारिफ गर्दा वा नगर्दा पनि बहिष्कारको सामना गर्नुपरेको अनुभव सुनाए । यस प्रवृत्तिले नेपाली समाज बिस्तारै असहिष्णुतातिर बढ्दै गएको हो कि भन्ने प्रश्न पनि उनले उठाएका छन्।

Logo