सावित्री कंचनजंगा अगरबत्तीले विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा कम्पनीले आफ्नै उद्योग परीसरमा ‘रक्तदान नै जीवनदान हो भनी’ सो कार्यक्रम गरेको हो । उक्त कार्यक्रमबाट ३० युनिटभन्दा बढी रगत संकलन भएको छ ।
साथै २०० भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य सेवा लिनु भएको छ। सावित्री कंचनजंगा अगरबत्तीले समय(समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।





























प्रतिक्रिया