पछिल्लो २४ घण्टामा थपिए १७ सय ८७ डेंगुका संक्रमित, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १७ सय ८७ डेंगुका संक्रमित, दुईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । 

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ । 

Logo