नेपालगन्जमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

नेपालगन्जमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का एक ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गए राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो।

साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी अस्पताल भर्ना भएका थिए । उनमा निमोनियाका लक्षण पनि देखिएको थियो । अब बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। सोमबार सम्मको तथ्यांक अनुसार देशभर १०७ जनाको मृत्यु भएको थियो ।

Logo