पछिल्ला २४ घन्टामा २१ जना कोरोना संक्रमित थपिए

पछिल्ला २४ घन्टामा २१ जना कोरोना संक्रमित थपिए


पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जनामाथि परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये पिसिआरबाट २५२ तथा एन्टिजेनबाट ८३९ जनामाथि परिक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

हाल १ सय १२ संक्रमितहरुको उपचार भइरहेकाे छ भने पछिल्लो २४ घन्टामा ४८ हजार १ सय २० जनाले खोप लगाएको साे मन्त्रालयले जनाएको छ ।  

Logo