मुगु दुर्घटना अपडेटः घाइते चार जनालाई सुविधा सम्पन्न अस्पतालमा लान मुगु अस्पतालको आग्रह

मुगु दुर्घटना अपडेटः घाइते चार जनालाई सुविधा सम्पन्न अस्पतालमा लान मुगु अस्पतालको आग्रह


मुगुमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ। हाल उपचाररत ४ जना घाइतेलाई पनि सेवा सुविधा सम्पन्न अस्पतालमा लान जिल्ला अस्पताल मुगुका व्यवस्थापक प्रमुख डाक्टर कमल ढुंगानाले आग्रह गरेका छन्। 

हाल मुगु अस्पतालमा हुम्लाका उजिर बोहोरा,सोरु ७ का दिनेश लावड,सोरु ६ का शम्सेर रोकाया र सोरु ५ का गोबिन्द शाहीको उपचार भइरहेको छ। डाक्टर ढुंगानाले उनीहरुको ज्यान जोगाउनका लागि समेत सुविधा सम्पन्न अस्पतालमा लानका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका हुन्।

ज्यान गुमाउनेमा सोरु ५ का लेकजन नेपाली, हुम्ला सकेघाटका राम परियार ,प्रकाश बोहोरा,राम परियार ,पियुस परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार ग १ ज ७७६२ नम्बरको जीप पहिरो दुर्घटना भएको हो भने मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटर भन्दा तल खसेको थियो। 

जीप दुर्घटनामा परि घाइतेहरुलाई अहिले जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। जिल्लामा थप उपचार हुन नसक्ने देखिएको हुँदा नेपालगञ्ज ,काठमाडौँ लानपर्ने अवस्था देखिएको हुँदा हेलिकप्टर र सरोकारवाला निकायसँग सहकार्य भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए। 

Logo