काठमाडौं ।
यौन जीवन प्राकृतिक गुण हो । यौनक्रिया महिलाहरूका लागि गर्भधारण गर्ने र आमा बन्ने माध्यम मात्र होइन, यो शारीरिक आनन्द अनुभव गर्ने एक माध्यम पनि हो । यौनक्रिया एउटा मानसिक गतिविधि पनि हो, जुन सम्पूर्ण शरीरको सहभागिताको साथ गरिन्छ । यौनक्रियाले मान्छेलाई एकत्रित गर्नेदेखि शरीरको लागि समेत राम्रो व्यायामको काम गर्ने गर्छ ।
यौनक्रियाले हाम्रो मस्तिष्क र मांसपेशीलाई पनि शान्त गर्न मद्धत गर्छ । धेरै चिकित्सकहरु आफ्नो स्वास्थ्य पति र पत्नीबीच यौन सम्बन्धको आधारमा अनुमान गर्ने गर्छन् । नियमित रूपमा यौन सम्पर्क गर्ने दम्पती शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको अनुभूति गराउँछ । नियमितरुपमा यौनसम्पर्क गर्नुको धेरै फाइदाहरु हुन्छन् । जस्तै राम्रो निद्रा प्राप्त गर्ने, शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने, तनाव कम गर्ने, मुटुलाई सुदृढ पार्ने, आदि कार्यका लागि पनि नियमित यौन सम्पर्क सहायकसिद्ध हुन्छ । तर यौनले गम्भीर समस्याहरू पनि उत्पन्न गर्छ, जस्तै : अनिच्छित गर्भ वा स्वास्थ्यमाथि नै खतरा पार्ने यौन प्रसारित संक्रमणहरूको खतरा, बलात्कारको कारण उत्पन्न हुने मानसिक र शारीरिक तनाव आदि ।
महिला र पुरुषको यौनिकता भन्नाले उनीहरूको यौनव्यवहार तथा आफ्नो शरीरप्रतिको धारणालाई बुझाउँछ । विभिन्न समुदायमा महिलाको यौनिकतालाई बेग्लाबेग्लै ढंगले हेरिन्छ । महिलाहरूको यौनिकताको सम्बन्धमा कतिपय समुदायहरूमा गलत र नकारात्मक विश्वास रहेको पाइन्छ । त्यसैले उनीहरूलाई विवाहपछि पनि शारीरिक सम्पर्कको स्थितिमा यौन सम्पर्क गर्दा कसरी आनन्द लिने र अनिच्छित गर्भबाट तथा विभिन्न यौन संक्रमणबाट कसरी बच्ने भन्ने ज्ञान समेत कम हुन्छ । यस्तै कतिपय मानिसहरु यौन लतबाट पनि ग्रसित हुन्छन् । बार–बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिला अथवा पुरुषलाई देख्ने बित्तिकै उत्तेजित हुनु पनि यौन स्वास्थ्य अथवा मानसिक समस्या हो । कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । कुनै पनि मानिस यदि छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।





























प्रतिक्रिया