सिन्धुपाल्चोकमा जनतासँग डाक्टर

सिन्धुपाल्चोकमा जनतासँग डाक्टर

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं २ र ३ मा ‘आँखाको ज्योति जोगाउँ’ अभियान सहित निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जनतासँग डाक्टर नाम दिइएको उक्त अभियानलाई स्थानीय चेतनाथ गिरीले संयोजन गरेको हो  इन्द्रावती गाउँपािलका २ र ३ वडाकाे सयुंक्त आयोजनामा भएकाे उक्त शिविरको प्रमुख प्रशासकिय अधिकृतहरुबाट उद्घाटनगरि सुरु गरिएको हो ।


३ दिन माघ २१, देखि २३ गते सम्म सञ्चालन हुने आँखा शिविरमा शिविरको पहिलो दिन २ सय जनाले लाभ लिएका छन् । इन्द्रावती गाउँपालिका कुन्चोकको खुटुमेडाँडामा आयोजना गरिएको आँखा शिविर सञ्चालन गरेको स्थान भुकम्प प्रभावित वस्ति हुन् । आखाँ अस्पताल त्रिपुरेश्वरबाट डा.इन्दु प्रसाद ढुङगेल सहित ९ जना चिकित्सकको टोली शिविरमा सहभागी छन् । शिविरमा चिकित्सकहरुले मोतिविन्दुको शल्यक्रिया समेत गरेका छन् । मंगलवारमात्र २ दर्जनबढीको मोतिविन्दुको शल्यक्रिया गरिएको शिविरका संयोजक गिरीले बताए । उनले आँखाका  समस्या भएका उक्त्त क्षेत्रका आँखा राेगीहरुलाई माघ २३ गतेभित्र निशुल्क सेवा लिन स्थानीयलाई आग्रह गरेका छन् ।

Logo