काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले बाथ रोगको सेवा सुरू गरेको छ।
केएमसीमा अनुभवी र विशेषज्ञ डाक्टरहरूले बाथ रोगको सेवा दिन सुरू गरेको अस्पतालले जनाएको छ। बाथ रोग विशेषज्ञ डा. प्रविण खत्रीले बाथ रोगसम्बन्धी सेवा दिइरहेको अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले बताए।
कांग्रेसका सांसदसमेत रहेका डा. सुनिलकुमार शर्माको केएमसीको स्वास्थ्य टोलीले निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजनासमेत गर्दै आएको छ।
कस्तो अवस्थामा बाथरोग विशेषज्ञ/इमयुनोलोजिष्टसँग परामर्श लिने त?
-जोर्नीको दुखाइ
-ढाड दुखेमा/कम्मर दुखेमा
-गाउट/युरिक एसिडको समस्या
-बारम्बार आँखा रातो भएमा
-फोक्सोमा बारम्बार पानी भरिएमा र आइ.एल.डी. दम भएमा
-बारम्बार लामो समयसम्म ज्वरो आएमा
-छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा
-लामो समय देखि छाला कडा भएमा
-लामो समय देखि मांशपेसीमा कमजोरी तथा दुखाइ भएमा
-युवाअबस्थामा पक्षाघात भएमा
-एलर्जीसम्बन्धी समस्या बारम्बार दोहोरिएमा
-कम उमेरमा हृदयाघात/मुटुरोग भएमा
-हड्डी खिएमा/खोक्रो भई बारम्बार भाँचिएमा
-औँलाहरु नीलो भएमा/धेरै कालो भई कुहिन खोजेमा
-बारम्बार गर्भपतन भएमा
-कपाल धेरै झरेमा
-मुखमा/यौन अंगमा बारम्बार घाउ भएमा
-मुख तथा आँखामा सुख्खापन भएमा
-लामो समय देखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा
-बिना कारण शरीरमा रातो/सेतो रगतको कमि भएमा
-बिनाकारण शरीरको तौल घटेमा





























प्रतिक्रिया