विराटनगर । भूदेव खाद्य उद्योगसँग आवद्ध थोक तथा खुद्रा विक्रेताहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच सम्झौता भएको छ ।
यो सम्झौतापछि भूदेव खाद्य उद्योग संग आवद्ध थोक तथा खुद्रा विक्रेताहरु तथा उनीहरुका आश्रित परिवार विरामी भई उपचारकालागि नोवेल शिक्षण अस्पताल आँउदा अस्पताल सेवामा विशेष छुटको व्यवस्था हुने छ । साथै भूदेव खाद्य उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारी, श्रमिकहरुको पनि प्राथमिकताका साथ नोवेलले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने छ ।
सम्झौता पत्रमा भूदेव खाद्य उद्योगका राष्ट्रिय बिक्री प्रवन्धक शैशवी निरौला र नोवेल शिक्षण अस्पतालका तर्फबाट महाप्रवन्धक दिपेश राईले हस्ताक्षर गरेका थिए ।
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न संघ संस्थाहरु संगको सहकार्यमा विभिन्न समुदाय, क्षेत्र र पेशाका व्यक्तिहरु र उनीहरुका आश्रित परिवारजनको उपचारमा छुट सहितको गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया