काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मंगलबार राजधानीको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
एमिल एकेडेमी इन्टरनेशनल स्कूलको आयोजनामा उक्त स्कूलको प्राङ्गणमा भएको शिविरमा ६७८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये १०५ जनाको भिडियो एक्सरे, ६८ जनाको ईसीजी, ११८ जनाको ल्याब परीक्षण गरिएको थियो भने २८ जनाको दाँत निकालिएको दाहालले जानकारी दिए । ४२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।
केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।





























प्रतिक्रिया