स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी

स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी

केन्द्रबिन्दु
171
Shares

वालिङ । स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको हो । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका –११ करेन्डाँडामा पुग्दा आगो लागेको हो ।

एम्बुलेन्समा आगो लागेपछि बिरामीलाई तत्काल बाहिर निकालिएको थियो । सो एम्बुलेन्स वालिङको गह्रौं प्राथमिक अस्पतालको मातहतमा रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताएका छन् ।

Logo