काभ्रेमा आज १० संक्रमित थपिए, २९ जना निको भए

काभ्रेमा आज १० संक्रमित थपिए, २९ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज १० जना संक्रमित थपिएका छन् । आज २९ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८१७ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका १, पनौती नगरपालिकाका १, पाँचखालका १ , नमोबुद्धका १, बेथानचोकबाट २ र मण्डनदेउपुरका २ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २८ सय १७ पुगेको छ । निको हुनेको संख्या २४ सय ६० रहेको छ ।

काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय २१ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Logo