राष्ट्रिय युवा संघ नेपालद्वारा एक महिने बृहत् रक्तदान अभियानको शुभारम्भ

राष्ट्रिय युवा संघ नेपालद्वारा एक महिने बृहत् रक्तदान अभियानको शुभारम्भ

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेकपा एमाले निकट रहेकाे राष्ट्रिय युवा संघ नेपालले एक महिने बृहत् रक्तदान अभियानको शुभारम्भ गरेको छ । बिहीबार साउन १५ खीर खाने दिनकाे अवसर पारेर काठमाडौंकाे भृकुटीमण्डपमा आयाेजित एक विशेष कार्यक्रमबीच एमालेका महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा रक्तदान अभियानको शुभारम्भ गरिएकाे हाे ।

राष्ट्रिय युवा संघ नेपालले विगतका वर्षहरूमा पनि रक्तदान कार्यक्रम गर्दै आएको थियो। रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो वर्ष पनि साउन १५ देखि भदौ १५ सम्म एक महिना रक्तदान कार्यक्रम आयोजन गर्न लागिएकाे हो ।यो रक्तदान कार्यक्रम देशभर चल्नेछ ।

साे अवसरमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले यो अभियानले रगतको महत्व र रक्तदानको आवश्यकता बारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने र कसैले रगत अभावकै कारण अकालमै मृत्युवरण गर्नु नपर्ने बताए ।

काठमाडौँ १५ साउनM /Qmbfg ub}{ /Qmbftf राष्ट्रिय युवा सª\घ नेपाल केन्द्रीय कमिटीले बिहीबार भृकुटीमण्डपमा शुभारम्भ गरेको Ps महिने बृहत\ रक्तदान अभियान कार्यक्रममा रक्तदान गर्दै /Qmbftf ।तस्बिरM हरिराम भेटुवाल÷रासस

साथै आज साउन १५ काे अवसरमा राष्ट्रिय युवा संघले खिर खाने कार्यक्रम पनि आयाेजना गरेकाे छ । कार्यक्रममा सहभागी एमालेका महासचिव पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनुपर्नेमा जाेड दिए । कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा देशको विकास हुन नसक्ने उनकाे भनाइ थियाे ।

“जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने सङ्कल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो”, उनले भने ।

राष्ट्रिय युवा संघले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Skip This
Skip This
Logo